| |

बैंक व्याज अति न्यून एवं बैकल्पिक लगानीको आवश्यकता

binod
बैंकहरुमा थुप्रिएको निक्षेपको मात्रा बडेको र भारतिय नाकाबन्दीको कारण बैंकको लगानीको अवसर न्यून हुन गएकोले बैंक व्याज एैतिहासिक रुपमा न्यून हुन गई बार्षिक १ प्रतिसतमा झरेको छ ।
अर्थ बिशेषज्ञको अनुसार बैंकको व्याज दर यसरी झर्नु नेपाली अर्थतन्त्रको लागि नकारात्मक सन्देश भएको जनाएका छन ।
नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष अशोक राणाका अनुसार रिमिटेन्स लगायतका माध्यम बाट बैंकहरुमा निक्षेप योग्य रकम अत्यतिक संकलित भए पनि लगानी योग्य बातावरण नभएका कारण श्रृणको माग पुरानो आकडाको तुलनामा अत्यधिक घटेको हुनाले बैंकहरुमा अत्यधिक रुपमा निक्षेप जम्मा भएको छ । फलस्वरुप बैंक व्याज दर अहिले सम्मकै न्यून हुन गई बार्षिक १ प्रतिसतमा झरेको हो ।
यस्तो निक्षेप निश्क्रियतालाई चलायमान गर्न नेपालमा लगानीका बैकल्पिक मार्गहरु खोजि गर्न अत्यावश्यक भएको छ । नेपाल लगायत दक्षिण एशियाकै नयाँ लगानीको क्षेत्र बनेको डेरिभेटिम कमोडिटि मार्केट (अनलाइन बस्तु बजार) मा लगानीकर्ताको आकर्षण बडदो छ । नेपालमा पनि एन डि ई एक्स (बस्तु बजार संचालक कम्पनी) एउटा राम्रो पेल्टफर्म साबित हुन सकेको छ ।  यस बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले यस एन डि ई एक्सको पेल्टफर्मको माध्यम बाट लगानी गर्दा लाभान्वित हुने सम्भावना देखिन्छ ।
- बिनोद प्रसाद तिम्सिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Powered by WordPress | Designed by: diet | Thanks to lasik, online colleges and seo