| |

निर्वाचानको गर्मा गर्मी कपिलबस्तुमा

१९ बर्ष पछि हुन गैरहेको आसन्न स्थानीय तहको निर्वाचानको गर्मा गर्मी कपिलबस्तुमा पनि सुरु भैसकेको छ । विभिन्न नामहरु चर्चा र बहसमा देखिन थालेका छन । कपिलबस्तुमा ६ नगरपालिका ४ गाउँ पालिकामा चुनाव हुने आयोगको ठहर छ । एमाले मेयरका सम्म्भावित उम्मेदवारहरुको गाउँ दौडाहा सुरु भएको छ। हाल बुद्धभुमी नगरपालिकाबाट युबसघका पुर्ब अध्यक्ष मिनराज बेल्बासे, बाडगंगा नपा बाट नगर अध्यक्ष सुर्यपाण्डे र निवर्तमान युबा सघं अध्यक्ष कृष्ण सापकोटा चर्चामा छन भने कपिल्वस्तु नगरपालिकाबाट पुर्ब नगर अध्यक्ष, हाल नगर इन्चार्ज, जिल्ला कमिटी सदस्य महिला नेतृ सरिता आचार्य प्रबल दावेदारको रुपमा देखिन्छ । भारतको सिमा सगं जोडिएको एक मात्र महत्वपूर्ण कृष्णनगर नगरपालिकामा पुर्व नगर कमिटी अध्यक्ष, युवासघं सचिवालय सदस्य, अनेकी महासघंका सचिवालय सदस्य युवा उधमी लक्ष्मण भुसालको व्यापक चर्चा छ । सामाजिक कार्यकर्ता, अधिकारकर्मी, उद्योग वाणिज्य सघंमा लोकपृय प्रत्यक्षमतबाट बिजयी भुसाल कृष्णनगरको बिग्रेको छवि सुधार गरि यसलाई मुल ब्यापारिक केन्द्र र नेपाल भारत गन्तब्यको मुल द्वारको रुपमा बिकास गर्नु पर्ने धारणा छ । युबा तथा सक्रिय एमाले जिल्ला कमिटी सदस्य मैराज खान महाराजगन्ज नगरपालिकामा मेयर पदकालागि देखिएका छन। राज्यले अल्पसंख्यक हरु प्रती विशेष ध्यान दिनु पर्ने उनको धारणा छ ।

नव ब्यापारिक केन्द्रको रुपमा स्थापित शिवराज नगरपालिकामा पनि मेयरकालागी महादेव पोख्रेल, जिवलाल पौडेल, ॐ प्रकाश चौधरी, चर्चामा छन। चन्द्रैटालाइ प्रमुख ब्यापारिक केन्द्र बनाउने, भारतिय लिङ्कको रुपमा बुद्दमार्ग र औद्योगिक क्षेत्र तयार गर्ने धारणा नेताहरुको देखिन्छ । यसरी आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका संभाब्य प्रत्यासिहरु कृयासिल देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Powered by WordPress | Designed by: diet | Thanks to lasik, online colleges and seo