| |

प्रदेश नम्बर ५ कपिलवस्तुमा चुनावी सरगर्मी

२०७४ जेष्ठ ४, कृष्णनगर, कपिलवस्तु प्रथम चरणको निर्वाचन सम्म्पन्न भए पश्चात् अब दोस्रो चरणको निर्वाचनमा सबैको ध्यानाकर्षण हुन थालेको छ । यसै सन्दर्भमा प्रदेश नम्बर ५ कपिलवस्तुमा पनि चुनावी सरगर्मी तिब्र भएको छ। जिल्लाको दोस्रो पुरानो नगरपालिका तथा ब्यापारीक केन्द्र, पुराना १० वटा गा.बि.स. मिलाएर बनाईएको कृष्णनगर नगरपालिकामा पनि वडा देखि नगर सम्मको चुनावि चर्चा परिचर्चा शुरु भएको छ । विभिन्न पार्टीले वडाहरुमा आफ्नो तर्फबाट उम्मेदवार छ्नौट गर्न ब्यस्त रहेका बेला नयाँ बर्षको होल्डिङ बोर्ड झुण्ड्याएर आफ्नो दावेदारी मेयर तथा उप मेयरमा रहेको संकेत दिएको देख्न सकिन्छ । सिर्सिहवा देखि अजिगरा सम्म फैलिएको यस नगर पालिकामा मेयरकालागी पुर्व अध्यक्ष अभय प्रताप शाह, चिनकु प्रधान; रजत प्रताप शाह, शिव कुमार जैसवाल, सुशील श्रीवास्तव, रामकुमार गुप्ता, अशोक बेल्बासे, संजय जस्ता हस्तिहरु मैदानमा छन  

उपमेयरमा आरती यादव, लक्ष्मण भुसाल, तुफेल खान, दिनेश गुप्ता, पप्पु उपाध्याय लगायतको व्यापक चर्चा सुनिन्छ । उपमेयरमा महिलानै हुनु पर्ने जस्ता भ्रमलाई प्रष्ट पार्दै लक्ष्मण भुसालले, दलिय उम्मेदवारीमा मात्र मेयर वा उप मेयर कुनै एउटामा महिला उम्मेदवारी अनिवार्य भएको तर पार्टिको एउटा मात्र उम्मेदवार हुदा महिला अनिवार्य नभएको प्रष्ट्याउनु भयो । कृष्णनगर अब पहिले भन्न्दा धेरै ठूलो भएको हुदा सम्पुर्ण गाउँ, शहर र देहातको सन्तुलित बिकाशका लागि पुर्णकालिन भएर काम गर्न सक्ने क्षमतावान ब्यक्तिको आवश्यकता भएको तथ्य भुसालले जनाउनु भयो । सिहदरवारको अधिकार नगरमा आएकोले अब समान्य क्षमता र सोचले नगरपालिका संचालन गर्न नसकिने भएकोले न्यायिक, प्रशासनिक र बिकास सम्बन्धी ज्ञान, अनुभव र सीप आवस्यकता रहेको अशोक बेल्बासेले बताउनु भयो । क्षेत्रका सबै गाउँ घुमिसकेको दावा गर्ने राम कुमर गुप्ताले आम नागरिक परिवर्तनको मनस्थितिमा रहेको र पुरानो नेतृत्वबाट पार नलाग्ने बताउनु भयो । जे होस २०७४ जेष्ठ ३१ को पर्खाईमा रहेका आम नागरिकले सक्षम र योग्य नेतृत्व चुन्नेछन भन्ने बिस्वास लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Powered by WordPress | Designed by: diet | Thanks to lasik, online colleges and seo